टोट्टनहामलाई हाराउँदै सिटी शीर्षस्थानमा

Published on

काठमाडौं । साविक विजेता सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

मङ्गलबार राति भएको खेलमा सिटीले टोट्टनहामलाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो । सिटीलाई जिताउन दुवै गोल एर्लिङ हालान्डले गर्नुभयो । हालान्डले ५८औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै सिटीलाई जिताउनुभएको हो । जितसँगै सिटीले ३७ खेलबाट ८८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ८६ अङ्क छ । तेस्रो स्थानमा रहेको लिभरपु्लको ७९ अङ्क छ । सिटीसँग पराजित टोट्टनहाम ६३ अङ्कसहित पाँचौँ स्थानमा छ । सिटीको जितसँगै उपाधि दौड रोचक बनेको छ । आइतबार हुने अन्तिम चरणको खेलमा सिटीले वेस्टहाम युनाइटेड र आर्सनलले एभर्टनसँग खेलेपछि विजेताको टुङ्गो लाग्नेछ । एजेन्सी

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...