टोट्टनहामलाई हाराउँदै सिटी शीर्षस्थानमा

Published on

काठमाडौं । साविक विजेता सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

मङ्गलबार राति भएको खेलमा सिटीले टोट्टनहामलाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो । सिटीलाई जिताउन दुवै गोल एर्लिङ हालान्डले गर्नुभयो । हालान्डले ५८औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै सिटीलाई जिताउनुभएको हो । जितसँगै सिटीले ३७ खेलबाट ८८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ८६ अङ्क छ । तेस्रो स्थानमा रहेको लिभरपु्लको ७९ अङ्क छ । सिटीसँग पराजित टोट्टनहाम ६३ अङ्कसहित पाँचौँ स्थानमा छ । सिटीको जितसँगै उपाधि दौड रोचक बनेको छ । आइतबार हुने अन्तिम चरणको खेलमा सिटीले वेस्टहाम युनाइटेड र आर्सनलले एभर्टनसँग खेलेपछि विजेताको टुङ्गो लाग्नेछ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...