अपाङ्गता भएकालाई सिपमूलक तालिम

Published on

काठमाडौं । अपाङ्गता भएका महिलालाई आत्मनिर्भरमुखी सिपमूलक तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिनुभयो । डडेलधुराका सात वटै पालिकाबाट २० जना अपाङ्गता भएका महिलालाई तालिम दिइएको उहाँले बताउनुभयो । सातदिने तालिममा पाँच दिन बाख्रापालन, आयआर्जन र दुई दिन नेतृत्व विकास तालिम दिइने छ । उक्त तालिममा आधुनिक खोर बनाउने तरिका, बाख्रापालन गर्न आवश्यक ज्ञान, सिप, बाख्रामा हुने रोग, सङ्क्रमण र उपचार पद्धतिबारे जानकारी गराइने छ ।

बाख्रापालन तालिमपछि उचित बजार व्यवस्थापन गर्न नेतृत्व विकाससम्बन्धी पनि तालिम दिइन लागेको उहाँको भनाइ छ । सहभागीलाई दुई बाख्रा खरिदका लागि अनुदानस्वरूप २०\२० हजार रुपियाँ उपलब्ध गरिने कार्यालय प्रमुख सोतीले बताउनुभयो । उक्त अनुदानको दुरुपयोग गरेमा सो रकम बराबर असुलउपर गरिने गरेर कागजपत्र बनाइने छ । तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव चक्र पाण्डेयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र खेलकुदका क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक, महिला, बालबालिका, संस्कृति पक्षलाई समेट्न नसकेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...