ध्वनी प्रदूषण गर्ने सवारीसाधनको प्रेसर हर्न निकालियो

Published on

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक सय १० वटा ठूला सवारीसधानको प्रेसर हर्न निकालिएको छ । ध्वनी प्रदूषण नियन्त्रण अभियान कार्यक्रमअन्तर्गत सो प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिबहादुर वलीले बजार क्षेत्रमा हर्न बजार ध्वनी प्रदूषण गरेको सवारीसाधनबाट प्रेसर हर्न निकालिएको बताउनुभयो । कार्यालय मातहतका ट्राफिक प्रहरीले जिल्लाको विभिन्न स्थानमा ठूला सवारीसाधनको प्रेसर हर्न जाँच गरी कारबाही गर्दै प्रेसर हर्न निकालिएको उहाँले जानकारी दिनुभयो । प्रहरी निरीक्षक वलीले भन्नुभयो, कम्पनीले दिएको भन्दा धेरै प्रेसर हर्न राखेर विद्यालय क्षेत्र, बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्रमा प्रेसर हर्न बजाउने सवारीधानको हर्न झिकेका छौं। एक पटक हर्न निकालेपछि पुनः प्रेसर हर्न जडान गरेर बजाएमा जरिवाना गरिने उहाँले बताउनुभयो । ठूलो आवाजमा प्रेसर हर्न बजाउँदा बाटोमा हिँड्ने पैदल यात्री, साइकल यात्री, बिरामी र विद्यार्थी आतिएर छिटो बाटो क्रस गर्न खोज्दा दुर्घटना बढी हुने गरेकाले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि पनि प्रेसर हर्न निकालिएको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...