ध्वनी प्रदूषण गर्ने सवारीसाधनको प्रेसर हर्न निकालियो

Published on

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक सय १० वटा ठूला सवारीसधानको प्रेसर हर्न निकालिएको छ । ध्वनी प्रदूषण नियन्त्रण अभियान कार्यक्रमअन्तर्गत सो प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिबहादुर वलीले बजार क्षेत्रमा हर्न बजार ध्वनी प्रदूषण गरेको सवारीसाधनबाट प्रेसर हर्न निकालिएको बताउनुभयो । कार्यालय मातहतका ट्राफिक प्रहरीले जिल्लाको विभिन्न स्थानमा ठूला सवारीसाधनको प्रेसर हर्न जाँच गरी कारबाही गर्दै प्रेसर हर्न निकालिएको उहाँले जानकारी दिनुभयो । प्रहरी निरीक्षक वलीले भन्नुभयो, कम्पनीले दिएको भन्दा धेरै प्रेसर हर्न राखेर विद्यालय क्षेत्र, बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्रमा प्रेसर हर्न बजाउने सवारीधानको हर्न झिकेका छौं। एक पटक हर्न निकालेपछि पुनः प्रेसर हर्न जडान गरेर बजाएमा जरिवाना गरिने उहाँले बताउनुभयो । ठूलो आवाजमा प्रेसर हर्न बजाउँदा बाटोमा हिँड्ने पैदल यात्री, साइकल यात्री, बिरामी र विद्यार्थी आतिएर छिटो बाटो क्रस गर्न खोज्दा दुर्घटना बढी हुने गरेकाले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि पनि प्रेसर हर्न निकालिएको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...