जनकपुरधाममा जानकी नवमीको रौनक

Published on

काठमाडौं । आज वैशाख शुक्ल नवमीको दिन माता सीताको प्राकट्य दिवस जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ । मिथिलाका राजा जनक र महारानी सुनैनाकी जेठी छोरी माता सीतालाई मानिन्छ । सीतालाई लक्ष्मीको रुप पनि भनिन्छ ।

जानकी प्रकट भएको दिनलाई स्मरण गर्दै यस वर्ष जनकपुरधामको विभिन्न मठ मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइँदै छ । यस विशेष अवसरमा जानकी मन्दिर, सुन्दर सदन, पगला बाबाको धर्मशाला, विहार कुण्ड, मधुकर कुण्डलगायतका मन्दिरमा हर्षोल्लासका साथ भजन कीर्तन तथा विशेष कार्यक्रमहरु गरी मनाइँदै छ । जानकी मन्दिरद्वारा सात दिवसीय कार्यक्रम आयोजना गरिएको छ । जसमा मन्दिरको प्राङ्गणमा रामलीला, रासलीला, श्री मानस विभूषित नरहरि दासजीको राम कथाको आयोजना भएको छ । जानकीजीको डोलासहित नगर परिक्रमा पनि गराइएको छ । त्यसैगरी दुधमति नदीमा बिहान शाही स्नान भएको छ, त्यसमा सन्त, महन्थसँगसँगै देश विदेशबाट भक्तजनहरुको सहभागिता थियो । त्यसैगरी १२ बजे आरती महोत्सव गरिने मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।

अग्नि कुण्डमा रहेको सुन्दर सदन मन्दिरमा जगत जननी जानकीको प्राकट्य अवसरमा श्रीकिशोरीजीको निजी निवास राम चरित्र मानसमा सुन्दर सदन उल्लेख गरिएको छ । त्यसै अन्तर्गत नै यस वर्ष नौ दिवसीय कार्यक्रमको आयोजना गरिएको छ । मन्दिरको आँगनमा रहेको प्रेम सरोवरमा फूलकै बङ्गला निर्माण गरिएर रामचरित्र मानस, जलविहार, श्री जानकी जन्म बधाईलगायतका कार्यक्रमको आयोजना गरिएको छ । साथै फूल बङ्गला भनेर श्री किशोरीजीको जन्म उत्सव मनाइएको सुन्दर सदनका महन्थ नवरकिशोर दासले बताउनुभयो । पगला बाबाले जनकी नवमी महोत्सवको रुपमा मनाइन्छ भने २४ घण्टा सीताराम नाम जप गरिने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...