तमोर कोरिडोरमा प्रहरी पोष्ट

Published on

काठमाडौं । धनकुटाको चौविसे गाउँपालिका ४ मा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । तमोर करिडोर सडक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन फलामेटारमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

प्रहरी हवलदारको नेतृत्वमा ५ जनाको टोली अस्थायी प्रहरी पोष्टमा रहने छन् । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमीटरको दूरीमा पछिल्लो समय दैनिक ३ सय बढी सवारीसाधन सञ्चालनमा आउने गरेका छन् । उक्त सडक खण्ड अन्तर्गत पाँचथर खण्डमा एकमात्र प्रहरी चौकी रहेको र शान्तिसुरक्षाका दृष्टिले धनकुटातर्फ प्रहरी चौकी थप गरिनुपर्ने माग बढेकोले पहिलो चरणमा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । चौबिसेको पालिका केन्द्र राजारानीबाट सवारीसाधनमा करिब दुई घण्टा दुरीमा रहेको तमोर कोरिडोर क्षेत्रमा प्रशासनको समेत दृष्टि कम पर्ने भएकोले प्रहरी चौकी थप गरिनुपर्ने स्थानीयले माग गर्दै आएका थिए । पछिल्लो समय वन पैदावार चोरी निकासी हुने, तमोर नदीमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रम बढेकोले त्यसको नियन्त्रणका लागि प्रहरी निगरानी जरुरी स्थानीयको माग रहेको थियो । हाल सञ्चालनमा आएको प्रहरी पोष्टलाई प्रहरी चौकीको रुपमा स्तरवृद्धि गर्ने पहल भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले बताउनुभयो । उहाँले सडकमा सञ्चालन हुने सवारी साधनको चेकजाँचलाई कडाइ पारिने बताउनुभयो ।

अस्थायी प्रहरी पोष्टको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल तथा जिल्ला प्रहरी प्रमुख श्यामसिंह चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...