दुई मासु पसललाई जरिवाना

Published on

काठमाडौं । बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा वध गर्ने गरेको भन्दै ती मासु पसललाई १०–१० हजार रुपियाँ जरिवाना गरेको हो ।

बुटवल पुरानो बसपार्क नजिकको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको भन्दै १०–१० हजार रुपियाँ जरिवाना गराएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । उपप्रमुख सावित्रीदेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्ड विपरीत घरमा मासु बधस्थल बनाएको, खसिबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलो पटक सो जरिवाना गरेको बताउनुभयो । अनुगमन समितिको बैठकले दुई मासु पसललाई व्यवस्थित गर्न सचेत गराउँदै एक हप्ताभित्र व्यवस्थित गर्न र तिनाउ पुलमुनिबाट पसल अन्यत्र सार्न निर्देशन दिएको छ । बुटवलमा मासु व्यवसायमा लापरबाही बढ्दै गएको र पशु वधशाला सञ्चालन र व्यवस्थापन ऐनअनुसार मासु पसल सञ्चालन हुनुपर्नेमा अटेरी गरिरहेकाले नियमित रूपमा अनुगमन गरिएको उपप्रमुख अर्यालले बताउनुभयो ।

मासु पसलहरू व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने गरी वधशाला सञ्चालन भइसकेको र वधशालामा वध गरेको मासु मात्र मासु पसलमा ल्याएर बिक्री गर्नुपर्ने बुटवल उपमहानगरपालिका पशुपन्क्षी शाखाका प्रमुख झविन्द्र बन्जाडेले बताउनुभयो । बुटवलमा उपभोक्ता अधिकारको बारेमा उपभोक्ता सचेत हुनुपर्ने र कानूनविपरीत काम गर्नेलाई कानुनी कारबाही गर्न प्रेरित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसीले बताउनुभयो । गलत मनसायका मासु व्यवसायीका कारण मासु व्यवसाय क्षेत्र बदनाम भइरहेकाले नियमित अनुगमन गरी कारबाही गर्नुपर्नेमा आफूहरू सकारात्मक रहेको मासु व्यवसायी सङ्घ रुपन्देहीका महासचिव थानेश्वर सुवेदीले बताउनुभयो । बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसार बुटवलमा रहेका मासु पसलले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासु मात्र बिक्री गर्न पाउँछन् । ऐन अनुसार पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था छ । पशु वधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना नगरेमा कारबाही गर्ने भन्दै बुटवल उपमहानगरपालिकाले मासु व्यवसायीलाई सचेत गराउँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...