जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने

Published on

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा छुट्टै युनिट स्थापना गरी ‘डायलासिस’ सेवा प्रदान गर्ने भएकाले सो अन्त्य हुने भएको हो । भौतिक पूर्वाधार शुक्लागण्डकी नगरपालिका, लायन्स क्लबको सहयोगमा डायलाइसिस उपकरण र जनशक्ति जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले व्यवस्थापन गर्ने गरी चाँडै नै सञ्चालनमा ल्याउने तयारी गरिएको केन्द्रका कार्यकारी निर्देशक डा।रामकुमार श्रेष्ठले बताउनुभयो । छ वटा डायलासिस मेसिनका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार रुपियाँ सहयोग गर्ने स्वीकृत भएर आएको डा। श्रेष्ठले बताउनुभयो । केन्द्रमा रहेका दुई जनालाई डायलासिस मेसिन सञ्चालनसम्बन्धी तालिम प्रदान गरिसकिएको डा।श्रेष्ठले जानकारी दिनुभयो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गर्ने केन्द्रले जनाएको छ । उक्त केन्द्रमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला खराब भएका बिरामीलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । हालका लागि ६ थान मेसिन क्लबले सहयोग गर्ने लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिनुभयो । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता हटाउन क्लबले डायलासिस सेन्टर स्थापना गर्न डायलासिस मेसिन सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व। गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका,ऋषिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासीलगायतका बिरामी सेवा लिन आउने केन्द्रले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...