मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन

Published on

काठमाडौं । तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालय निर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारिएको मोबाइल एप्सबाट भवनको उदघाटन गर्नुभएको हो ।

तुलसिपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयमा ३७ जिल्लाका १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रमुख बसन्त आचार्यले २३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजमा स्नातक तहमा कानुन र डिप्लोमा तहमा ६ वटा र प्रिडिप्लोमा तहमा ३ वटा प्राविधिक विषय अध्यापन भइरहेका छन् । कलेजमा तुलसिपुर उपमहानगरपालिकाभित्र एसइइ उत्तीर्ण गरेका तीन छात्राहरूले निशुल्क अध्ययन गरिरहेका छन्। लुम्बिनी प्रदेशको १८ करोड बजेटमा भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पालिकाको गौरव योजनालाई प्रदेश सरकारले साथ सहयोग गरेको बताउनुभयो । उहाँले पश्चिम नेपालकै शिक्षाको हबका रूपमा विकास गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिले नेपालको शिक्षामा सीप र क्षमतालाई आत्मसाथ गर्न नसक्दा युवा वैदेशिक रोजगारतर्फ उन्मुख रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशकै अनुकरणीय उदाहरणीय शिक्षालय भएकाले प्रदेश सरकारबाट सहयोग गरिने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख एवम सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले शिक्षालयमा थप विषयहरू थपिने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले अन्य स्थानीय तहका लागि सिकाइको विषय हुनुपर्ने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...