युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव

Published on

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भएपनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताउनुभएको छ ।

उहाँले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई यहाँ सम्बोधन गर्नुहुँदै सो चिन्ता व्यक्त गर्नुभएको हो । ‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो’ उहाँले भन्नुभयो, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ ।’ उपराष्ट्रपति यादवले रोगहरू बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताउनुभयो । ‘आरामदायी जीवनशैली, धुमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ । उहाँले न्यूरोसँग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन अझै गाह्रो रहेको बताउनुभयो ।

‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘न्यूरोसँग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील सङ्घ संस्था पनि प्रतिबद्ध हुन जरुरी छ । उहाँले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ ले न्यूरोलोजीसँग सम्बन्धित रोगको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपराष्ट्रपति यादवले प्रा।डा। दिनेशविक्रम शाह, प्रा।डा। रवीन्द्र श्रेष्ठ र डा। वीरेन्द्रकुमार विष्टलाई संस्थाका तर्फबाट सम्मानपत्र समर्पण गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...