चराको अनुसन्धान सुरु

Published on

काठमाडौं । कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चरा गणना तथा अनुसन्धान सुरु गरिएको छ । प्रदेश सरकारको सहयोग र नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) को व्यवस्थापनमा डिभिजन वन कार्यालय पहलमानपुरले चराको गणना तथा अनुसन्धान सुरु गरेको हो । गर्मीयाममा चराको सङ्ख्या, अवस्था र प्रजाति पत्ता लगाउने उद्देश्यले चरा गणना तथा अनुसन्धान गरिएको जनाइएको छ । घोडाघोडीलगायत सबै क्षेत्रमा चरा गणना तथा अनुसन्धानको कार्य गरिने चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।

उहाँले एक हप्तासम्म गणना तथा अनुसन्धानको कार्य हुने उल्लेख गर्नुभयो । चरा गणनाका लागि विज्ञसहित पाँच जनाको टोली परिचालन गरिएको छ । सात दिनसम्म गणना तथा अनुसन्धानको कार्य हुने डङ्गौराको भनाइ छ । यहाँ ३८० प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये ११ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ । ७४ प्रजातिका जलपन्छी छन् । चरा तथा चराको वासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले दुई वर्षअगाडि घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरेको थियो । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा जाडोयाममा विभिन्न देशबाट जाडो छल्नका लागि आगन्तुक चरा आउने गर्दछन् । त्यस्तै गर्मी र बर्खामा पनि विभिन्न प्रजातिका चरा पाइने गरेको बताइन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...