सहिदमार्ग बेवास्तामा न ट्र्याक न स्तरोन्नति

Published on

काठमाडौं । दाङदेखि रोल्पा हुँदै रुकुमपूर्व भएर डोल्पा जोड्ने सहिदमार्ग अन्तर्गतको रुकुमपूर्व खण्डको निर्माणको काममा बेवास्ता गरिएको छ । दाङदेखि रोल्पाको केही भागमा कालोपत्रे भइसक्दा रोल्पाको केही भागदेखि रुकुमपूर्व खण्डको सहिदमार्ग बेवास्ताकै कारण अलपत्र परेको हो । दाङदेखि रोल्पा हुँदै रुकुमपूर्वसम्म २२० किलोमिटर लामो यो सडक रुकुमपूर्वमा मात्र ७७ किलोमिटर पर्दछ । भुमे गाउँपालिका–७ हुँदै भुमे–२, काँक्री भएर जिल्लाकै पुथा उत्तरगङ्गा गाउँपालिका–२ सम्म ७७ किलोमिटरमध्ये हाल ६१ किलोमिटर ट्र्याक खोलिएको छ भने १६ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । हाल पुथा उत्तरगङ्गा–१, मैकोटसम्म ट्र्याक खोलिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले राष्ट्रिय गौरवकै आयोजनाका रूपमा रहेको एक महत्वपूर्ण सहिदमार्गलाई सङ्घीय सरकारले बेवास्ता गरेको बताउनुभयो । विगतको आर्थिक वर्षमा ठेकेदारकै कारण सडक अलपत्र परेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

विगतमा ठेकेदारले काम गर्न नसकेपछि चालु आवमा सङ्घीय सरकारले ट्र्याक खोल्नका लागि बजेट विनियोजन नगरेको अध्यक्ष घर्तीमगरको भनाइ रहेको छ । विगतका वर्षमा ठेकेदारले सडक अलपत्र पारेपछि चालु आवमा सङ्घ सरकारले बेवास्ता गरेको अध्यक्ष घर्तीमगरको भनाइ छ । पुथा उत्तरगङ्गा–१०, तकका श्याम बुढामगरले राष्ट्रिय गौरवका आयोजनाप्रति नै सरकारको बेवास्ता हुनु दुःखद कुरा भएको बताउनुभयो । चौतर्फी विकास निर्माणलाई सहयोग गर्ने सडक नै बेवास्तामा परेपछि जिल्लावासीलाई सास्ती खेपिरहनु परेको बुढामगरले दुःखेसो पोख्नुभयो । ट्र्याक नखोलेको वडामा त झन् सर्वसाधारणलाई दुःख नै दुःख छ तर ट्र्याक खोलिएको वडामा सडक स्तरोन्नति नहुँदा उस्तै सास्ती बेहोरिरहनु परेको स्थानीयको भनाइ रहेको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लालाई पहाड अनि तराईसँग जोड्ने सहिदमार्ग निर्माण सुरु भएको १६ वर्ष पुगे पनि अझै पूर्णता पाउन सकेको छैन । माओवादीले सशस्त्र सङ्घर्ष थालेको रुकुम र रोल्पालाई गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्ने यो एउटा महत्वपूर्ण मार्ग हो ।

सहिदमार्ग सडक योजना कार्यालय रोल्पाका प्रमुख नेत्र देवकोटाले विगतका वर्षमा ठेकेदारको लापर्बाहीले गर्दा सडक निर्माणले पूर्णता पाउन नसकेको बताउनुभयो । विगत आठ÷नौ वर्षदेखि ठेकेदारकै लापर्बाहीले सडक निर्माण हुन नसकेको प्रमुख देवकोटाले जानकारी दिनुभयो । विगतका निर्माण व्यवसायीले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ डिपिआर गर्न बाध्य भएको प्रमुख देवकोटाको भनाइ छ । देवकोटाले भन्नुभयो, “चालु आवमा निर्माणको काम रोकियो । ठेक्का तोडेर नयाँ ठेक्का आह्वानका लागि नयाँ डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिएको छ ।” आगामी आवमा सरकारले बजेट विनियोजन गरेमा नयाँ ठेक्कामार्फत काम सुरु गरिने देवकोटाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...