सडक निर्माणमा ढिलासुस्ती ठेक्का तोड्ने प्रक्रिया सुरु

Published on

काठमाडौं । दाङमा हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जले सडक निर्माण तथा कालोपत्रे गर्ने काममा ढिलाइ गर्ने ठेकेदारसँग ठेक्का प्रक्रिया तोड्ने जनाएको छ ।

हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको वनघुर्सीदेखि गढवासम्मको करिब २० किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरेपछि आयोजना ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको हो । सडक विस्तारसँगै कालोपत्रेको काम सक्ने गरी ६५ करोडको लागतमा २०७६ कात्तिक २९ मा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न हुन सकेन । २०७९ मङ्सिरमा २०८० साउन १० सम्मलाई म्याद थप गरिएको थियो । म्याद थपपछि पनि निर्माण कम्पनीले केही समय काम गरे जस्तो गरेको र फेरि कामलाई अलपत्र पारेको आयोजना कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले काम सक्नेभन्दा अलमल्याउने काम मात्र गरेको छ । समयमै काम सम्पन्न गराउनका लागि पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गर्ने गरिरहेको भनाइ उहाँको छ । निर्माण व्यवसायीले पटक पटक ताकेता गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का तोड्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिँदै आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “निर्माण कम्पनीले काम गर्छ कि भनेर भ्याद थप गर्नेदेखि लिखित सहमति गर्नेसम्मका काम ग¥यौँ तर काम अघि बढ्न सकेन ।”

निर्माण कम्पनीले गरेको सहमति अनुसार अहिले उक्त सडकखण्डको काम सकिनुपर्ने थियो तर निर्माण कम्पनीकै ढिलासुस्तीका कारण हुन सकेको छैन । निर्माण कम्पनीले २४६ ड्रम बिटुमिन झारेर सडक कालोपत्रेको काम गर्ने प्रक्रिया अघि बढाउने जस्तो गरे पनि केही नगरेको आयोजनाले जनाएको छ । निर्माण कम्पनीबाट सडक कालोपत्रेको काम सम्पन्न हुने अवस्था नदेखिएपछि आयोजनाले निर्माण कम्पनीको मोबिलाइजेसन पेस्कीबापतको रकम बैङ्कबाट फिर्ता तान्ने प्रक्रिया अघि बढाइएको छ । उहाँले भन्नुभयो, “सडक निर्माणमा कम्पनीको धेरै नै लापर्बाही देखियो । त्यही भएकाले बाध्य भएर ठेक्का सम्झौता तोड्ने पक्षमा पुगेका छौँ ।”

आयोजना प्रमुख भण्डारीका अनुसार मोबिलाइजेसन पेस्की तान्न २०८१ जेठ २८ गते नबिल बैङ्क दरबारमार्ग काठमाडौँलाई सात करोड ८५ लाख रुपियाँ पेस्की फिर्ता गर्न पत्र काटिएको छ । निर्माण कम्पनीलाई सडक कालोपत्रे गर्नका लागि ध्यानाकर्षण गराउँदा पनि लापर्बाहीका कारण काममा ढिलाइ भइरहेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा बताउनुहुन्छ । सडक नबन्दा जनताले दुःख पाउनेदेखि जनप्रतिनिधिले समेत जनताबाट गाली खाने काम भइरहेको गाउँपालिका अध्यक्ष शर्मा बताउनुहुन्छ । उहाँका अनुसार २० किलोमिटर सडकमध्ये करिब पाँच किलोमिटर मात्र कालोपत्रे गरिएको छ । बाँकी क्षेत्रमा नाला निर्माण, ग्राभेल गर्नेलगायतका काम गरिए पनि सडक कालोपत्रे भने हुन सकेको छैन ।

हुलाकी राजमार्ग आयोजनाका अनुसार उक्त सडकको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत छ । पहिलो चरणको काम गरिसकेकाले निर्माण कम्पनीले राम्रोसँग काम गरे धेरै गर्नुपर्ने छैन । चाररपाँच महिनामै काम सक्ने अवस्था छ । तर निर्माण कम्पनीले काम नगरेर अलपत्र बनाउँदा जनताले दुःख पाउने अवस्था बनेको स्थानीयवासी बताउँछन् । हुलाकी सडक अन्तर्गतसँगै ठेक्का लागेको गढवादेखि राजपुरसम्मको करिब २१ किलोमिटर सडक अर्को खण्ड भने गत वर्ष नै कालोपत्रे भएको हो । उक्त सडक २०७६ साल मङ्सिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...