वर्षाका कारण भत्किएको विद्यालय

Published on

काठमाडौं । लगातारको वर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकामा एक विद्यालय भत्किएको छ । पञ्चदेवल विनायक नगरपालिका–६ तोलीको श्री जाल्पादेवी आधारभूत विद्यालय वर्षाका कारण आइतबार बिहान भत्केको विद्यालय व्यवस्थापन समिति सदस्य गोरख रावलले जानकारी दिनुभयो ।

ढुङ्गाको छाना भएको विद्यालय भवन भत्केका कारण विद्यालयका कागजात र फर्निचर लगायतमा क्षति पुगेको समिति सदस्य रावलको भनाइ छ भने पठनपाठन प्रभावित बनेको छ । पाँच कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ९० जनाभन्दा बढी विद्यार्थी रहेको बताइएको छ । विद्यालयमा कोही नभएको अवस्थामा भवन भत्केका कारण मानवीय क्षति नभएको बताइएको छ । “दिउँसो विद्यालय सञ्चालन भएको बेलामा भत्केको भए ठुलो घटना हुन्थ्यो, बचियो ।” समिति सदस्य रावलको भनाइ छ गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...