वर्षाका कारण भत्किएको विद्यालय

Published on

काठमाडौं । लगातारको वर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकामा एक विद्यालय भत्किएको छ । पञ्चदेवल विनायक नगरपालिका–६ तोलीको श्री जाल्पादेवी आधारभूत विद्यालय वर्षाका कारण आइतबार बिहान भत्केको विद्यालय व्यवस्थापन समिति सदस्य गोरख रावलले जानकारी दिनुभयो ।

ढुङ्गाको छाना भएको विद्यालय भवन भत्केका कारण विद्यालयका कागजात र फर्निचर लगायतमा क्षति पुगेको समिति सदस्य रावलको भनाइ छ भने पठनपाठन प्रभावित बनेको छ । पाँच कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ९० जनाभन्दा बढी विद्यार्थी रहेको बताइएको छ । विद्यालयमा कोही नभएको अवस्थामा भवन भत्केका कारण मानवीय क्षति नभएको बताइएको छ । “दिउँसो विद्यालय सञ्चालन भएको बेलामा भत्केको भए ठुलो घटना हुन्थ्यो, बचियो ।” समिति सदस्य रावलको भनाइ छ गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...