नेपालको लगातार हार

Published on

काठमाडौं । नेपाली महिला क्रिकेट टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । नेपालको यो लगातार पराजय हो ।

नेपाल पहिलो खेलमा ३३ रनले हारेको थियो । श्रीलङ्कामा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो । सो पालिमा कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाउनुभयो । कप्तान इन्दु वर्माले पनि अविजित २८ रनको उपयोगी पालि खेल्नुभयो । श्रीलङ्काकी देउमी भिहन्गाले २० रनमा तीन र एस। सन्दिपनीले १३ रनमा दुई विकेट लिएर नेपाललाई सामान्य स्कोरमा रोक्नुभयो । घरेलु टिमले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १०७ रन बनाएर लक्ष्य हासिल गर्यो । श्रीलङ्काका लागि एन। सिनार्थनेले सर्वाधिक २७ रन बनाउनुभयो । नेपाली महिला टिम अहिले एसिया कप क्रिकेटको तयारीको क्रममा श्रीलङ्कमा रहेको छ । श्रीलङ्कामा नै एसिया कप हुँदै छ ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...