आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम

Published on

काठमाडौं । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

कार्यक्रममा थेरावडा सङ्घ, महायाना सङ्घ र वज्रयान सङ्घले विधिपूर्वक प्रार्थना गरेका थिए । बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो । नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीच साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रुपमा चित्रण गरेको बताउनुभयो । नियोग उप–प्रमुखले श्रीवास्तवले शताब्दीयौँदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रुपमा रहेको धारणा राख्नुभयो । भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो ।

विहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ का रुपमा चिन्ने गरिन्छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...