देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान यो सरकार बनेको हो : प्रधानमन्त्री ओली

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो। देशप्रति आम जनताको भरोसा टुटेको डर लाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको उल्लेख गर्नुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘मलाई सबैभन्दा डर लागेको देशप्रति आम जनताको भरोसा टुटेको स्थिति छ। तिनको मनोबल नराम्ररी गिरेको अवस्था छ। देशमा व्याप्त यही गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो। यसमा सबै स्पष्ट हुनुभए हुन्छ।

उहाँले सरकारले सो काम गर्नेमा ढुक्क हुन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था दयनीय रहेको पनि उल्लेख गर्नुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...