उपसभामुख रानालाई पदबाट राजीनामा दिन माग

Published on

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा माग गर्नुभएको हो ।

उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्नेगरी पत्र लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भइरहेका बेला सांसद खतिवडाले सो घटना छानबिनका लागि माग समेत गर्नुभयो । उहाँले सिङ्गो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफ्नो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गर्नुभयो । यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बदनाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...