राजघाट आयुर्वेद अस्पताल ४१ वर्षपछि नयाँ भवनमा

Published on

काठमाडौं । मोरङको उर्लाबारी–८ स्थित राजघाट आयुर्वेद औषधालय आइतबार नयाँ भवनमा सरेको छ । गोरखापत्र दैनिकले पटक–पटक ‘जीर्ण भवनमा आयुर्वेद औषधालय’ भन्ने शीर्षकमा समाचार छापेको थियो ।

२०४० सालमा बनेको जीर्ण भवन भत्काएर उर्लाबारी नगरपालिकाले नयाँ भवन निर्माण गरेको हो । २०८० वैशाख ११ गते शिलान्यास गरिएको राजघाट आयुर्वेद औषधालयको भवन उद्घाटन गर्नुहुँदै उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले आयुर्वेदिक उपचार हाम्रो सनातन धर्मसँग जोडिएको बताउनुभयो । नगरमा आफू आएपछि योग र आयुर्वेदलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको नगर प्रमुख खरेलले बताउनुभयो । राजघाट आयुर्वेदिक औषधालय सञ्चालक समितिका अध्यक्ष एवम् वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख मीना पौडेल र प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी लगायतले आयुर्वेदिक उपचारको आवश्यकता र उपयोगिताका विषयमा प्रष्ट पार्नुभयो ।

७५ लाख २९ हजार ७५१ रुपियाँ ९२ पैसामा कि नोट कन्लटेन्ट एण्ड विल्र्डसले निर्माण गरेको औषधालयमा ६ वटा कोठा छन् । १ कट्ठा ५ धुर जग्गामा बनेको भवनमा हाल चार जना जनशक्तिले सेवा प्रदान गरिरहेको कार्यालय प्रमुख मानबहादुर वनेमले जानकारी दिनुभयो । राजघाट औषधालय विराटनगर बाहिरको एकमात्र सरकारी आयुर्वेद अस्पताल हो । गोरखापत्र

ताजा समाचार

नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति...

मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने...

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत...