राजघाट आयुर्वेद अस्पताल ४१ वर्षपछि नयाँ भवनमा

Published on

काठमाडौं । मोरङको उर्लाबारी–८ स्थित राजघाट आयुर्वेद औषधालय आइतबार नयाँ भवनमा सरेको छ । गोरखापत्र दैनिकले पटक–पटक ‘जीर्ण भवनमा आयुर्वेद औषधालय’ भन्ने शीर्षकमा समाचार छापेको थियो ।

२०४० सालमा बनेको जीर्ण भवन भत्काएर उर्लाबारी नगरपालिकाले नयाँ भवन निर्माण गरेको हो । २०८० वैशाख ११ गते शिलान्यास गरिएको राजघाट आयुर्वेद औषधालयको भवन उद्घाटन गर्नुहुँदै उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले आयुर्वेदिक उपचार हाम्रो सनातन धर्मसँग जोडिएको बताउनुभयो । नगरमा आफू आएपछि योग र आयुर्वेदलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको नगर प्रमुख खरेलले बताउनुभयो । राजघाट आयुर्वेदिक औषधालय सञ्चालक समितिका अध्यक्ष एवम् वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख मीना पौडेल र प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी लगायतले आयुर्वेदिक उपचारको आवश्यकता र उपयोगिताका विषयमा प्रष्ट पार्नुभयो ।

७५ लाख २९ हजार ७५१ रुपियाँ ९२ पैसामा कि नोट कन्लटेन्ट एण्ड विल्र्डसले निर्माण गरेको औषधालयमा ६ वटा कोठा छन् । १ कट्ठा ५ धुर जग्गामा बनेको भवनमा हाल चार जना जनशक्तिले सेवा प्रदान गरिरहेको कार्यालय प्रमुख मानबहादुर वनेमले जानकारी दिनुभयो । राजघाट औषधालय विराटनगर बाहिरको एकमात्र सरकारी आयुर्वेद अस्पताल हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...