लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामहरि घिमिरेले औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार माग गरेको औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिई गएको टोलीले अधिकृत कोइरालालाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अधिकृत कोइरालाले एक लाख ५० हजार रुपियाँ नगद र चार लाख ५० हजारको चेक लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका –४ कटहर चोकबाट साउन ६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...