धरानमा बोलबम सुरु, भक्तजनको भिड

Published on

काठमाडौं । साउन महिनाको पहिलो सोमबार पूर्वकोे पवित्र तीर्थस्थल पिण्डेश्वर बाबाधाममा भक्तजनहरुको भिड लागेको छ । सदाका वर्षझैं यस वर्षको बोलबम पनि सुरु भएको हो । यसवर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको पिण्डेश्वर बाबाधाममा बिहानैदेखि घुइँचो लागेको पिण्डेश्वर बाबाधाम समितिको अध्यक्ष विकास बनेपालीले बताउनुभयो ।

धरान उपमहानगरपालिकाको वडा नं.१४ विजयपुर डाँडामा अवस्थित शिव भगवानको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल पिण्डेश्वर मन्दिरमा सदियौंदेखि सप्तकोशी नदीको जल ल्याई बेलपत्रसहित जल चढाउनले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाउन भक्तजनहरुले आइतबार नै चतरा, वराहक्षेत्रस्थित सप्तकोशी नदीबाट जल ल्याएर भक्तजनहरु बिहानैबाट पिण्डेश्वर मन्दिरमा लाइनबद्ध भएर पालो पर्खिरहेको अध्यक्ष बनेपालीले बताउनुभयो । पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थित हुने गर्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो पति पाऊँ भन्दै शिवलिङ्गमा जलसहित बेलपत्र चढाउने गर्दछन् ।

सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास सदियौंदेखि रहेकोले खनारबाट आउनुभएका चन्द्रलाल चौधरीले पनि सप्तकोशीबाट जल ल्याएर चढाउनुभएको बताउनुभयो । खासगरी पहिला खाली खुट्टा वराहक्षेत्रस्थित सप्तकोशि नदीबाट पैदल हि‘डेर जल ल्याउने प्रचलन रहेकोले हाल पनि कतिपय भक्तजनहरु पैदल हिंडेर आई जल सहित बेलपत्र शिवलिङ्गमा चढाउने गर्दछन् । यसवर्ष साउन महिनाको पहिलो सोमबारका दिन नै दिनभरिमा करिव ५० हजार भक्तजनहरुले जल चढाउन धरान सहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरु पूजाआजा गर्न आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । पिण्डेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर मन्दीर क्षेत्रमा पिण्डेश्वर बाबाधाम समितिले सहज पूजाआजाको व्यवस्थापन मिलाएको जनाएको छ । खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ ।

सोमबारको दिन ब्रत बस्ने तथा शिव मन्दीर पुगेर पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिला आफ्नो श्रीमानको दीर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित मेहेन्दी, हरियो चुरासहित पहेँलो, रातो, हरियो वस्त्रको पहिरनमा सजिएर शिव मन्दीर जाने गर्दछन् । विवाहित महिला श्रीमानको दीर्घायुको कामनासहित पूजाअर्चना गर्दछन् । वैदिक र पौराणिक कालमा समेत ऋषिमुनि र भगवानहरुले महादेवलाई शान्त प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बेलपत्रसहित जल अर्पण गर्ने गरेको धर्मशास्त्रीय मान्यता छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...