गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

Published on

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज विहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरुको चहलपहल सुरु भएको छ । बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायतका जिल्लाहरुबाट भक्तजनहरु उल्लेख्य मात्रामा आएका छन् । भक्तजनहरुका कारण गलेश्वर क्षेत्रमा चहलपहल बढेको छ ।

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । गलेश्वर शिवालय मन्दिरमा पूजा आरधाना र दर्शन गर्न महिला तथा युवायुवतीहरुको संख्या धेरै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार विहानै देखि भक्तजनहरु लामबद्ध भएर मन्दिरमा पूजा र दर्शन गरेका छन् । साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान शिव खुशी भई मनोकांक्षा पुरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ। कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टान माथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रुपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समुह, लगायतले स्वयमसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...