लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ ।

कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा आजको बैठकमा प्रश्न उठाएको जनाउँदै प्रधानमन्त्रधी ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गनुभयो । उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो । “मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दैआएको छु । अब पनि त्यही गर्छु ।’’

उहाँले भन्नुभयो, “मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदनजस्तै होस् ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...