‘कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीति सङ्लो बन्ने बताउनुभएको छ ।

पुष्पलाल स्मारक समिति विराटनगरले सोमबार आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षकै कारण राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभयो । वामपन्थी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसकै जगमा २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलन सफल बनेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु समयको आवश्यक्ता भएको दावी गर्नुभयो । उहाँले पछिल्लो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्ल्याउँदै लैजान योगदान गर्ने बताउनुभयो ।

कार्यक्रममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरका रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरु सुनसरीका युवराज दाहाल र विराटनगरका लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार प्रदान गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...