मगर भाषा सिकाउँदै क्याम्पस

Published on

काठमाडौं । तनहुँको एक क्याम्पसले मगर भाषा सिकाउन थालेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले भाषा सिकाउन थालेको हो । भाषा सिकाउन क्याम्पस पूरक पाठ्यक्रममा मगर भाषा समावेश गरी आइतबारबाट प्रशिक्षण सुरु गरेको छ । तनहुँमा सबैभन्दा धेरै मगर जाति रहेकाले उनीहरूको भाषालाई संरक्षण र संवर्धन गर्न विद्यालय तथा क्याम्पसमा अध्ययन गराउन विज्ञ बोलाएर प्रशिक्षण सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो । मगर भाषाको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पसले जनाएको छ  ।

क्याम्पसका अनुसार छ जना मगर भाषाका विज्ञले प्रशिक्षण दिइरहनुभएको छ  । क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पु(याउन पूरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ । क्याम्पसले यस वर्ष चार छुट्टाछुट्टै विषयमा पूरक पाठ्यव्रmम सञ्चालन गरेको छ । कक्षा १२ उत्तीर्ण ३० जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षणमा ७० प्रतिशत क्याम्पसका विद्यार्थी र ३० प्रतिशत मगर समुदायका छन् । भाषाको महìव नबुझ्दा लोप हुन लागेका भाषा संरक्षण गर्ने उद्देश्यले क्याम्पसले मगर विद्यार्थी र समुदायका मगर भाषी युवालाई प्रशिक्षक बनाउन पूरक पाठ्यव्रmम तयार गरी प्रशिक्षण दिन थालिएको हो ।

क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति संवर्धन एवं विकास समितिले प्रशिक्षणको व्यवस्थापन गरेको छ । समितिका संयोजक एवं क्याम्पस सञ्चालक समिति सदस्य क्या। सोमबहादुर थापाले भाषा प्रशिक्षणले पाठ्यक्रमलाई सहज बनाउने र मगर भाषा संरक्षणमा टेवा पुग्ने बताउनुभयोे । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक तथा मगर भाषाविज्ञ प्राडा विष्णु सिञ्जालीले आदिवासी जनजातिका भाषा एवं संस्कृति राज्यको ठुलो पहिचान र सम्पत्ति भएकाले यस्ता प्रशिक्षण कार्यव्रम सञ्चालन गर्ने तथा भाषाको महìवको बारेमा प्रचारप्रसार गरी संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...