राष्ट्रिय एकताका लागि नयाँ सरकार : उपमहासचिव ज्ञवाली

Published on

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सरकार परिवर्तन मात्र नभएको भन्दै उहाँले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको दावी गर्नुभयो । पछिल्लो समय चलिरहेको अस्थिरतालाई अन्त्य गरी स्थिरता कायम गर्न सरकार परिवर्तनसँगै महत्वपूर्ण राजनीतिक परिवर्तन भएको बताउनुभयो । विकासको गतिलाई तीव्रता दिन नेपालको राष्ट्रिय एकताका लागि एमाले र नेपाली कांग्रेसबिच गठबन्धन भएको बताउनुभयो । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सुशासन र राजनीतिक स्थायित्व कायम गर्ने गरी वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले काम गर्ने भन्दै युवालाई उद्यमशीलताका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...