गोरखामा ८५ लाख ७१ हजार राजस्व सङ्कलन

Published on

काठमाडौं । गोरखामा ट्राफिक प्रहरीले एक वर्षको अवधिमा करिब ८५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्तसम्ममा १० हजार ४ सय ७४ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् । जसमध्ये सबै भन्दा बढी मोटरसाइकल ४ हजार ९ सय १८, जिप, कार र भ्यान २ हजार ३ सय ७१ वटा, १ हजार ६३७ वटा ट्रक, टिपर तथा ८६४ वटा बस र ६६६ वटा टयाक्टर सवारीसाधन जरिवाना तथा कारबाहीबाट कुल ८५ लाख ७१ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख पाठकले बताउनुभयो । गोरखामा अत्यधिक मात्रामा बिना लाइसेन्स सवारीसाधन चलाउने, बिलबुक नबोक्ने र लापरबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख पाठकको भनाइ छ ।

गोरखामा सबैभन्दा बढी कारबाही मोटरसाइकल नियम उल्लङ्घन गरेबापत कारबाही गरेको पाइन्छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कसुर हेरी ५०० देखि ५००० सयसम्म जरिवाना गर्ने गरिएको छ । गत आर्थिक वर्षमा १० हजार ३०० सवारीसाधन कारबाहीमा पर्दा ट्राफिक प्रहरीले ७६ लाख ३० हजार राजस्व सङ्कलन गरेको थियो भने २०८०(०८१ मा १० हजार ४ सय ७४ सवारीसाधन कारबाहीबाट ८५ लाख ७१ हजार राजस्व रकम सङ्कलन गरेको छ । गत आर्थिक वर्षभन्दा २०८०-०८१ मा सवारीसाधन र राजस्व रकम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...