वन सम्बन्धी २३ वटा मुद्दा दर्ता

Published on

काठमाडौं । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०-०८१ मा वन र वन्यजन्तु सम्बन्धी विभिन्न किसिमका २३ वटा मुद्दा दर्ता गरेको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाका अनुसार गत आर्थिक वर्षमा अवैध काठ तथा जडीबुटी ओसारपसार, वन्यजन्तु तस्करी लगायतका विभिन्न २३ वटा मुद्दा बाँके जिल्ला अदालतमा दायर गरिएको हो । उहाँका अनुसार सबैभन्दा बढी २० वटा मुद्दा अवैध काठ ओसारपसार तथा जडीबुटी सम्बन्धी छन् । त्यसैगरी तीन वटा मुद्दा वन्यजन्तु सम्बन्धी छन् । वन सम्बन्धी मुद्दामा संलग्न ५० जना र वन्यजन्तु सम्बन्धी मुद्दामा संलग्न १४ गरी जम्मा ६४ जना व्यक्ति प्रतिवादी छन् ।

वन्यजन्तु मुद्दा अन्तर्गत बाघको छाला दुई थान, बाघको हड्डी ६.८१ केजी र चित्तलको मासु ३० केजी बरामद मुद्दामा तीन जना प्रतिवादी र वन अन्तर्गत झ्याउ ५०८४.०२ केजी, साल गोलिया १८९.१५ क्यूफिट, साल चिरान २४९.९२ क्यूफिट, खयर गोलिया ५१.९८ क्यूफिट, अन्य जातको गोलिया ३५१.७० क्यूफिट, दाउरा १।३४ चट्टा र यार्सागुम्बा ३७.९२ ग्राम बरामद मुद्दामा ५० जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूलाई बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा संलग्न व्यक्तिहरूबाट विभिन्न सवारी साधनहरू समेत बरामद गरिएको छ । सूचना अधिकारी रोकाका अनुसार वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा प्रयोग गरिएका इलेक्ट्रिक गाडी एक थान, ट्रक एक थान, बोलेरो गाडी दुई थान, मोटरसाइकल एक थान र साइकल सात थान बरामद गरिएको हो । आर्थिक वर्ष ०७९-०८० मा डिभिजन वन कार्यालय बाँकेले बाँके जिल्ला अदालतमा विभिन्न किसिमका २५ वटा मुद्दा दायर गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...