सेवाग्राहीको लागि टोल फ्री नम्बर

Published on

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जनाएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले १८–१०५–०००–१८० नम्बरको टोल फ्री नम्वर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायहरुबाट प्रवाह हुने सेवा, प्राप्त गर्ने प्रक्रिया, सूचना तथा जानकारीका बारेमा टोल फ्री नम्बरमा निःशुल्क फोन गरेर सेवा लिन सकिनेछ ।

त्यसका साथै सेवाग्राहीको कुनै सल्लाह, सुझाव र गुनासो भएमा पनि टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ । सेवाग्राहीका लागि टोल फ्री नम्बर २४ घण्टा खुल्ला रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले केहि दिन अघि विद्युतिय टोकन प्रणालिसहितको एकिकृत सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको थियो । यस केन्द्रमा अहिले सेवाग्राहीका लागि निःशुल्क इन्टरनेट सेवा पनि थप गरिएको छ । यसले सेवाग्राहीलाई थप सहज हुने विश्वास नगरपालिकाले लिएको छ ।

यसका साथै नगरपालिकाले सेवाग्राहिको गुनासो सङ्कलन गरेर साप्ताहिक रुपमा विवरण सार्वजनिक समेत गर्ने गरेको छ । सेवाग्राहीमा गुनासो तथा प्रश्न गर्ने संस्कारको विकास गर्ने र स्थानीय सरकारको सेवा प्रवाहलाई थप सरल, सहज र सेवाग्राहीमैत्री बनाउन यस्तो कार्य थालिएको नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । यस कार्यले पारदर्शी र जनमैत्री स्थानीय सरकारको अभ्यासलाई टेवा पुगेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...