‘राष्ट्रिय एकता सम्झौता घोषणा’ को संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्धी घोषणापत्रको स्वागत गर्नुभएको छ ।

गुटेर्रेसले ‘प्यालेस्टिनी समूहले बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेको विषयलाई स्वागत गरेको’ राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारसँगको नियमित भेटका क्रममा प्रश्नहरूको जवाफ दिँदै जानकारी गराउनुभएको हो । सम्झौतालाई प्यालेस्टिनी एकतालाई अगाडि बढाउने महत्त्वपूर्ण कदम भन्दै डुजारिकले महासचिव गुटेर्रेसले सबै समूहलाई वार्ताको माध्यमबाट मतभेद पार गर्न प्रोत्साहन गर्दै घोषणालाई कार्यान्वयन गर्न आग्रह गरेको बताउनुभएको थियो ।

प्यालेस्टिनी एकताको खोजी गर्दै आएको बताउँदै महासचिव गुटेर्रेसले प्यालेस्टिनीको सुरक्षामा आत्मनिर्णय र पूर्ण स्वतन्त्रता लोकतान्त्रिक संलग्नताका लागि महत्त्वपूर्ण भएको जनाएको डुजारिकले जानकारी गराउनुभयो । यसै सन्दर्भमा गुटेर्रेसले चीनको कूटनीतिक प्रयास तथा प्रक्रियालाई सहज बनाउनमा संलग्न अन्य देशहरूको प्रयासको पनि प्रशंसासमेत गर्नुभएको छ । चीनको निमन्त्रणामा, प्यालेस्टिनी समूहका वरिष्ठ प्रतिनिधिहरूले जुलाई २१ देखि २३ सम्म बेइजिङमा मेलमिलाप वार्ता गरी विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्न बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...