दुर्लभ रेड पान्डादेखि सालकसम्मको उद्धार

Published on

काठमाडौं । ताप्लेजुङमा दुर्लभ रेड पान्डा (हाब्रे) देखि सालकसम्म विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न समयमा विभिन्न १४ वटा वन्यजन्तुको उद्धार गरिएको हो । डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्गलबार मात्र एक दुर्लभ सालकको उद्धार गरिएको छ । फुङ्लिङ नगरपालिका–७, ऐश्वर्य चोकमा सोमबार राति फेला परेको सालकको प्रहरीले उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाएको हो । मङ्गलबार उद्धार गरिएकोसमेत हालसम्म चार वटा सालकको सकुशल उद्धार भएको डिभिजन वन अधिकृत पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म तीन वटा दुर्लभ रेड पान्डा (हाब्रे) को उद्धार गरिएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बु, वडा नं. ११ फावाखोला र फक्ताङ्लुङ गाउँपालिका–४, इखाबु क्षेत्रबाट रेडपान्डाको उद्धार गरिएको हो । फुरुम्बु र फावाखोला भेग अन्तर्गत पर्ने पाथीभरा क्षेत्रको वन रेड पान्डा पाइने विशेष क्षेत्रका रूपमा छ । यस्तै हालसम्म पाँच वटा रतुवा मृगको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । त्यस्तै हालसम्म दुई वटा चरीबाघ र एउटा हिमाली कालो भालुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख रामजी साहले जानकारी दिनुभयो । ती वन्यजन्तुहरू विगत २०६४ सालयता उद्धार गरिएका हुन् । उद्धार गरिएका वन्यजन्तु सुरक्षित वन तथा वासस्थानमा छोडिएको पनि कार्यालय प्रमुख साहले बताउनुभयो । रेड पान्डा, सालकजस्ता दुर्लभबाहेकका वन्यजन्तु भने जिल्लामा प्रशस्त पाइने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...