गाउँकै कच्चा पदार्थ, गाउँमै पैसा

Published on

हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिक्नुभएको छैन अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आउनुभएको छ । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आउनुभएको छ ।

उहाँले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगन्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपियाँमा बिव्र गर्दै आउनुभएको छ । उर्मिलाले भन्नुभयो, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग(यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ । उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आउनुभएको छ । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आउनुभएको छ । पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताउनुभयो ।

काठमाडौं । तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ । हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिक्नुभएको छैन अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आउनुभएको छ । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आउनुभएको छ । उहाँले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगन्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपियाँमा बिव्र गर्दै आउनुभएको छ । उर्मिलाले भन्नुभयो, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग(यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ ।”

उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आउनुभएको छ । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आउनुभएको छ । पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...