दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ : ऊर्जामन्त्री

Published on

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताउनुभएको हो । “म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ की छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ”, उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गर्नुभयो । तल्लो वर्गका मानिस आर्थिक र सामाजिक हिसाबले सबल नभएसम्म देश विकास हुन नसक्ने उहाँले बताउनुभयो । मन्त्रालयका सचिव सरीता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले विद्युत्को पहुँचभन्दा बाहिर रहेका जनतालाई उर्जा प्रदान गर्नका लागि नवीकरणीय उर्जाको व्यवस्था गरिएकाले यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दूरदराजमा रहेका जनतालाई नवीकरणीय ऊर्जा पुयाउनका लागि काम गरिरहेको बताउनुभयो ।

उहाँले खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको लागत साझेदारीमा विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलोको प्रवद्र्धन तथा विस्तार गरिएको जानकारी दिनुभयो । केन्द्रले साना, लघु जलविद्युत्लाई मर्मतसम्भारगरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल गरिरहेको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...