क्याप्टेन शाक्यको स्वास्थ्यमा क्रमिक सुधार

Published on

काठमाडौं । सौर्य एयर जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।” उहाँको टाउको लगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो । मेरुदण्डको भाचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उहाँले जानकारी दिनुभयो । बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...