फ्रान्सद्वारा साइबर जासुसीविरुद्ध कारबाहीको घोषणा

Published on

काठमाडौं । फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको वरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताउनुभएको छ । ओलम्पिकको पूर्वसन्ध्यामा सुरु गरेको अपरेसनले सबै खाले साइबर अपराधविरुद्ध लड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । अभियानले जासुसी वा आक्रमणको उद्देश्यले कम्प्युटरहरू ह्याक गर्ने, तथ्याङ्क चोरी गर्ने नेटवर्कलाई लक्षित गरेको छ । जुलाई १८ बाट सुरु भएको अभियानले सर्भर नियन्त्रणमा लिई समस्या समाधान गर्न सफल भएको बताउनुभयो । उहाँले यस अघिनै अभियानमार्फत समस्याग्रस्त युरोपेली देशलाई सहयोग गरेको र अभियान लामो समयसम्म चल्ने विश्वास दिलाउनुभयो ।

उहाँले पेरिस ओलम्पिकका लागि खतराको उल्लेख नगरे तापनि गत हप्ता फ्रान्सेली सरकारको साइबर सुरक्षा निकायले शुक्रबारको खेलमा आक्रमण हुनसक्ने चेतावनी भने दिएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...