फरार नक्कली परीक्षार्थी पक्राउ

Published on

काठमाडौं । लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

फरार रहेका मेल्लेख गाउँपालिका –३ ठाँटी निवासी २५ वर्षीय मनराज कामीलाई अछाम प्रहरीले घरबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले कामीलाई घरबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि कञ्चनपुर प्रहरीमा पठाइएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो । “कञ्चनपुरबाट हामीलाई पक्राउमा सहयोग गर्न पत्र आएअनुसार हामीले पक्राउ गरेर उतै (कञ्चनपुर) पठाएका छौँ” पार्कीले भन्नुभयो । अछाम प्रहरीका अनुसार लोक सेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा कञ्चनपुर जिल्ला अदालतले कामीलाई पक्राउ आदेश दिएको थियो । वन रक्षकको परीक्षामा कामी नक्कली परीक्षार्थी रहेको आरोप छ । गोरखापत्र

ताजा समाचार

नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति...

मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने...

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत...