पेरिस ओलम्पिकको उद्घाटन सेन नदीमा

Published on

काठमाडौं । ३३औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच गरिन लागिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष र फरक बनाउने प्रयास गरेको छ । ओलम्पिक खेलकुदको उद्घाटन पहिलो पटक रङ्गशाला बाहिर गरिन लागिएकोले पनि फरक र ऐतिहासिक बन्न लागेको हो । मौलिक र अद्वितीय छनक दिन लागिएको उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुङ्गामा परेड गर्नेछन् । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुङ्गाको व्यवस्था गरिएको छ । आयोजकका अनुसार ओलम्पिक परेडमा १० हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । उक्त परेड सेन नदीको ६ किलो मिटर दूरीमा हुनेछ । जसमा दर्शकले सबैतिर छरिएर उद्घाटनको परेड हेर्न सक्नेछन् । सेन नदी फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो । यो राजधानी पेरिसहुँदै पूर्वबाट पश्चिमतर्फ बग्छ ।

नेपालबाट ६ खेलमा सात खेलाडी

पेरिसमा ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिताले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गर्नुभएको हो । साउन २७ गतेसम्म चल्ने यस ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन सय २९ इभेन्ट्स हुनेछन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...