सञ्चार क्षेत्रको विकास हुनेगरी पहल गर्छु : मन्त्री गुरुङ

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेकाले सोअनुसार काम हुने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री गुरुङले राज्यको निकायमा सबै वर्ग र समुदायको सही प्रतिनिधित्वले मात्र सुशासन कायम हुने बताउनुभयो । सरकारले आफ्नो सुरुवाती दिनदेखि सो क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ छ ।

नेपाली सञ्चार क्षेत्रको समस्या र समाधान गर्नुपर्ने विषयबारे आफू अध्ययन गरिरहेको बताउनुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “समस्या नपार्नेगरी सन्तुलित ढङ्गले काम गर्ने प्रयास गर्नेछु, सञ्चार क्षेत्रको समस्या नीतिगत रुपले समाधान गर्ने कोसिस गर्छु ।” सार्वजनिक निकायहरुमा दुई जना पदाधिकारी राख्ने प्रवृत्तिले आपसी द्वन्द्व बढेर निकायहरु समस्यामा पर्नेगरेको चर्चा गर्नुहुँदै उहाँले त्यसको निरुपणको प्रयास गरिने बताउनुभयो । सरकारी सञ्चार माध्यममा त्यही समस्या आफूले देखेको बताउँदै मन्त्री गुरुङले सबै सरकारी सञ्चार माध्यमले आफूलाई अब्बल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

सो अवसरमा फोनिजका अध्यक्ष गजुरधन राईले सञ्चार क्षेत्रको व्यवस्थापन र नियमनका लागि बन्ने मिडिया नीति तथा ऐन समावेशी चरित्रको बन्नुपर्ने सुझाव दिनुभयो । मिडिया क्षेत्र समावेशी नहुँदा नेपाली सञ्चार क्षेत्र फष्टाउन नसकेको उहाँले बताउनुभयो । सो अवसरमा फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, कार्यवाहक महासचिव समीर बलामी लगायतले मन्त्री गुरुङलाई नेपाली सञ्चार क्षेत्रको चुनौती र गर्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो । सो अवसरमा फोनिजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...