महोत्तरीमा सवारी दुर्घटनामा कमी

Published on

काठमाडौं । महोेत्तरीमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ । बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भीर र सामान्य गरी ७६२ जना घाइते भएका थिए ।

दुर्घटनाको यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २३७ ले कमी आएको हो । आव ०७९-८० मा ७४१ वटा सवारी दुर्घटना हुँदा ६९ जनाको मृत्यु र १ हजार २०६ जना घाइते भएका थिए । जिल्ला ट्राफिक प्रमुख रामभक्त भट्टराईका अनुसार ट्राफिक सचेतनाको प्रभाव, नियमित चेकजाँच, ट्राफिक सचेतीकरणका लागि होर्डिङबोड, राजमार्गमा जडान भएका सीसी क्यामेराको प्रभावलगाएतका कारणले दुर्घटना र हताहतको सङ्ख्यामा कमी आएको हो । यस अवधीमा जिल्लाभरमा गरी ६६८ वटा सवारी दुर्घटनामा परेका थिए । तीमध्ये सवैभन्दा बढी ४७८ वटा मोटरसाइकलले दुर्घटना गरेको ट्राफिक प्रमुख भट्टराईले बताउनुभयो । त्यस्तै ४७ थान कारजीप, ३७ वटा टेम्पु, २१ वटा ट्रयाक्टर, १८ बस र १४ ट्रक दुर्घटनामा परेका थिए । वर्ष दिनकोे अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ५५ थान सवारीलाई कारबाही गरि तीन करोड ४६ लाख २५ हजार ३५० रुपियाँ राजस्व सङ्कलन गरेको बर्दीबास ट्राफिकले जनाएको छ ।

कारबाहीको यो सङ्ख्या अघिल्लो आव ०७९-८० को तुलनामा तीन हजारले कम हो भने राजस्व सङ्कलन ७ प्रतिशतले बढी हो । आव ०७९÷८० मा बर्दीबास ट्राफिकले ४३ हजार ३०० सवारीमाथि कारवाही गरे पनि राजस्व भने तीन करोड २३ लाख ६८ हजार ५०० रुपियाँ मात्र उठान सकेको थियो । ट्राफिक प्रमुख रामभक्त भट्टराईले यो वर्ष कारबाहीभन्दा सचेतीकरण अभियानलाई प्राथमिकतासाथ अघि बढाएकोले दुर्घटनामा कमी ल्याउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, यो वर्ष ट्राफिक सचेतीकरणका १ हजार ४८६ वटा कार्यक्रममार्फत ९० हजार ८३५ जनालाई प्रशिक्षण दिएकोले पनि दुर्घटनामा कमी देखापरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...