प्लाइउड निर्यात दोब्बरले बृद्धि

Published on

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले बृद्धि भएको छ ।

नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०८०–८१ मा नेपालगन्ज नाकाबाट २९ करोड ९३ लाख भन्दा बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यो नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको मात्र प्लाइउड निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १६ करोड रुपियाँ बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुब बिश्वकर्माले बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा नेपालगन्ज नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको प्लाइउड निकासी भएकोमा गत आर्थिक वर्ष २०८०–८१ मा दोब्बर बढी २९ करोड ९३ लाख ६१ हजार रुपियाँको निर्यात भएको बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५ करोड ८१ लाख ७ हजार रुपियाँ बढीको प्लाइउड निर्यात भएको छ । निर्यात दोब्बर बृद्धि भएपछि नेपालगन्जका प्लाइउड व्यवसायी उत्साहित छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्त रहेको उद्योगी व्यवसायीले बताएका छन् । भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको बाँकेमा प्लाइउड उत्पादन गर्दै आउनु भएका व्यवसायी पशुपति दयाल मिश्रले बताउनुभयो । उहाँले नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुन लगायतका बजारसम्म हुनेगरेको बताउनुभयो । नेपालगन्जका अर्का प्लाइउड उद्योगी चम्पालाल बोथराले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि आफुहरु निकै उत्साहित भएको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...