बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा

Published on

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा प्रवेश गरेको छ । कोटेश्वरस्थित बागमती पहेँलो पुल नजिकैको बागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ । सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ । वि।सं।२०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिइ निरन्तर जारी छ ।

बागमती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, शहरमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ । रासस

ताजा समाचार

नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति...

मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने...

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत...