बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

Published on

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको हो । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । उनीहरूले आज अस्पतालमा ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । साउन ७ गते चेकजाँचका लागि अस्पताल पुगेका चौधरीलाई जन्डिस देखिएको भन्दै अस्पतालले भर्ना गरेको थियो । शुक्रबार थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा एम्बुलेन्समा राख्नेक्रममा नै बिरामीको ज्यान गएको जनाइएको छ ।

अस्पतालले समयमा अन्यत्र रिफर नगर्दा बिरामीको ज्यान गएको मृतकका मामा रामकृष्ण चौधरीले आरोप लगाउनभयो । उहाँले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउनुभयो । अस्पताल प्रशासनले भने बिरामीको उपचारमा चिकित्सकले लापरबाही नभएको दाबी गरेको छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति र दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने मागसहित आन्दोलन थालेका छन् । उनीहरूले शव नबुझ्ने अडान राखेका छन् । आन्दोलनरत आफन्त तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षाका लागि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...