बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

Published on

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको हो । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । उनीहरूले आज अस्पतालमा ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । साउन ७ गते चेकजाँचका लागि अस्पताल पुगेका चौधरीलाई जन्डिस देखिएको भन्दै अस्पतालले भर्ना गरेको थियो । शुक्रबार थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा एम्बुलेन्समा राख्नेक्रममा नै बिरामीको ज्यान गएको जनाइएको छ ।

अस्पतालले समयमा अन्यत्र रिफर नगर्दा बिरामीको ज्यान गएको मृतकका मामा रामकृष्ण चौधरीले आरोप लगाउनभयो । उहाँले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउनुभयो । अस्पताल प्रशासनले भने बिरामीको उपचारमा चिकित्सकले लापरबाही नभएको दाबी गरेको छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति र दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने मागसहित आन्दोलन थालेका छन् । उनीहरूले शव नबुझ्ने अडान राखेका छन् । आन्दोलनरत आफन्त तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षाका लागि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ । गोरखापत्र

ताजा समाचार

नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति...

मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने...

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत...