पाल्पा दरबारको ढोका निर्माणमा ढिलाइ

Published on

काठमाडौं । तानसेनको पाल्पा दरबार परिसरमा निर्माणाधीन मूल ढोकाको काममा ढिलाइ भएको छ । गत २०८१ साल असार १५ भित्र मूलढोका निर्माण गरेर सक्नुपर्ने सम्झौता भए पनि सो अवधिमा निर्माणको काम सम्पन्न हुन सकेन ।

गत चैतदेखि नै मूलढोकाको मर्मतसुधार गर्न ढोका भत्काउन सुरु गरिएको थियो । निर्माण व्यवसायीले द्रुतगतिमा काम गर्न नसक्दा यो काममा ढिलाइ भएको हो । निर्माण व्यवसायीले हालसम्म ढोकाको जग बनाउने काम मात्र सकेको छ । बाँकी ढोकाको सबै भाग र माथिको झिँगटीको छानो बनाउने काम अहिलेसम्म सुरु नै हुन सकेको छैन । पुरातìव विभागले उक्त दरबार परिसरमा रहेको ढोकाको निर्माणका लागि आठ महिनाअघि ठेक्का लगाएको हो । ढोका बनाउनका लागि ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । निर्माण समयमा सम्पन्न गराउन हुन नसक्दा दरबार परिसर कुरूप देखिएको स्थानीय बासिन्दाको गुनासो छ । दरबार परिसरमा अन्य स्थानमा पनि पर्खाल बनाउने कार्य चलिरहेको भए पनि ती संरचना निर्माणमा ढिलाइ भइरहेको स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहले बताउनुभयो । पुरातìव विभाग, नगरपालिका र प्रदेश सरकारले निर्माणस्थलमा सूचना बोर्डसमेत नराखेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “दरबार परिसरको मूलढोका, पर्खाललगायतका संरचना निर्माण भइरहेको भए पनि निर्माणसम्बन्धी सूचना दिने बोर्डसमेत नहुँदा कतै काममा बदमासी हुने त होइन भन्ने ठुलो आशङ्का उब्जिरहेको छ ।” सूचना पार्टी नहुँदा निर्माण व्यवसायीले जथाभाबी गर्ने हो कि भन्ने आशङ्का गर्दै सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीय बासिन्दाको भनाइ छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः ठेक्काको म्याद थप भएको छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा तैनाथ रहँदा विसं १९११ देखि १९३० मा मूलढोका निर्माण गर्न लगाएका थिए । सोही बेला बनेको ऐतिहासिक संरचना मूलढोका, पर्खाल तथा आँगन बनाउने कार्य हाल भइरहेको छ । त्यति बेलाको सुरक्षा नीति अनुसार बनेको ऐतिहासिक संरचनाको स्वरूप नबिग्रने गरी बनाउन लागेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । विसं १९११ ताका सुरक्षालाई दृष्टिगत गर्दै दरबार परिसर, मूलढोका, पर्खाललगायतका संरचनामा एकदेखि चार मिटर चौडा कडा चट्टानबाट बनाइएको थियो । सोही बेला बनेको संरचना नबिग्रने गरी पुरानै स्वरूपमा पुरातìव विभागले मूलढोका बनाउने काम गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...