किसानलाई ‘कृषि एम्बुलेन्स’

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ। संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर संचालन गर्न लागेको हो ।

कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट वस्तीका किसानहरु उत्साहित भएका छन् । गाउँपालिका भित्रका किसानले उत्पादन गरेको कृषि उपजको बिक्रीका लागि बजारसम्म पु¥याउन सहज होस् भनेर गाउँपालिकाले कषि एम्बुलेन्स सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । कृषि एम्बुलेन्स तयार भएर आइसकेको छ । गाउँपालिकाले कार्यबिधी बनाएर केही दिनभित्रमा संचालनमा ल्याउने छौं, उहाँले भन्नुभयो । उहाँका अनुसार एम्बुलेन्सका लागि गत आर्थिक वर्ष २०८०\०८१ मा संघीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार रुपियाँ खर्च भएको छ । २५ लाख ७० हजार रुपियाँमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा दश लाख ४२ हजार रुपियाँ खर्च भएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो।

किसानले उत्पादन गरेको दूध, ताजा तरकारी, आलु, सुन्तला लगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पुयाउन पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ । कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पुयाउन पालिकाले कृषि एम्बुलेन्स संचालन गरेका हौंं । कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्ने उहाँले बताउनुभयो । किसानलाई सहज रुपमा तरकरी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको पालिका अध्यक्ष पुनको भनाइ छ । कृषि एम्बुलेन्सका लागि सिङ्गल क्यापको बोलेरो जीप खरिद गरी कृषि उपज सढ्नेगल्ने नहोस भनेर एसी समेत जडान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...