सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक

Published on

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुङ्ग्याउने चरणमा पुगेको बताउनुभयो । उहाँले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो । प्रमुख सचेतक बर्तौलाले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब सबैले सबै जिम्मेवारीबोधका साथ यसलाई सिङ्गो देशको मुद्दा, विषय बनाएर, सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर अगाडि बढ्दा यो निष्कर्षमा पुग्ने अवस्था देखिन्छ । त्यही विश्वासका साथ यो काम गरिरहेका छौँ । मेरो विचारमा अब हामी १८ वर्षदेखि विभिन्न हिसावले उत्ताचढावमा रहेको, टुङ्गोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई हामी लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्नेछौँ । यो कानुनलाई अब चाँडोभन्दा चाँडो टुङ्ग्याएर, यही ऐनहअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्त्वपूर्ण छ ।’ अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । उहाँले कानुनलाई अब चाँडोभन्दा चाँडो टुङ्ग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब हामी टिआरसी विधेयक करिव करिव अब टुङ्ग्याउने चरणमा हामी पुग्यौँ । हामीले बैठक टुङ्ग्याएका छैनौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरुलाई नियालेर प्रतिवेदन ल्याउँछौँ । पहिलाको मुल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरुमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भइ डेभलप भएका विषयहरु र सहमतिको वरपर पुगेका विषयहरुलाई पनि कम्पाइल गरेर एकीकृत ढङ्गले ल्याउने कुरा भएको छ ।’’

प्रमुख सचेतक बर्तौलाले बिहीबार बिहान ८ बजे पुनः बैठक बस्ने जानकारी दिनुभयो ।

आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...