बढ्यो झारनाशक विषादीको प्रयोग

Published on

काठमाडौं । सिन्धुली जिल्लाका किसानहरू झारनाशक विषादीप्रति आकर्षित भएका छन् ।

झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ । कमलामाई नगरपालिका–१० निवासी किसान भीममणि बरालले यो वर्ष रोपाइँ गर्दा आफूले १५ कट्ठा जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गाड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ । कृषि विकास कार्यालयका प्रमुख अरुण खनाल पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउनुहुन्छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...