गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड

Published on

काठमाडौं । साउनको दोस्रो सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड लागेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानैदेखि म्याग्दी जिल्ला तथा छिमेकी जिल्ला पर्वत एवम् बागलुङबाट पनि भक्तजन दर्शन गर्न आएका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीका अनुसार गण्डकी प्रदेशभित्र आइतबार यातायात बन्द भएकाले अरू बाहिरी जिल्लाबाट आउने भक्तजनको सङ्ख्यामा कमी देखिएको छ । साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले साउन महिनाका हरेक सोमबार गलेश्वरमा भक्तजनको भिड लाग्ने गरेको उहाँले बताउनुभयो ।

मन्दिरका मूल पुजारी चन्द्रमणि आचार्यले सबै नित्य पूजा सकेर बिहान ५ बजेभन्दा अघि भक्तजनलाई मन्दिर दर्शनका लागि आवश्यक प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गलेश्वरमा हुने नियमित पूजापछि भक्तजनको पूजाका लागि मन्दिर खुल्ला गरिने र त्यो कार्य चाँडो सकेर भक्तजनको सुविधाका लागि आवश्यक प्रबन्ध मिलाइएको छ । गलेश्वर मन्दिरमा गलेश्वर आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, न्यु वेष्ट पाइन्ट आवासीय माध्यमिक विद्यालय बेनी, बेष्ट वन एजुकेसन एण्ड भिजा सर्भिसेस बेनी शाखाले निःशुल्क खानेपानी वितरण गरेका छन् । मन्दिरमा आउने भक्तजनको सहयोगका लागि सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरीसहित विभिन्न सङ्घ संस्थाले स्वयंसेवक खटाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी गराउनुभयो ।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वासअनुसार मन्दिर पुग्ने अधिकांशले शिवलिङ्गमा जल अर्पण गरेका थिए । गलेश्वर शिवालयका सन्दर्भमा हिन्दु धर्मग्रन्थमा महादेवले आफ्नी पत्नी सतीदेवीको मृत शरीर काँधमा बोकेर हिड्नेक्रममा गला पतन भएर गलेश्वर नाम रहन गएको मानिन्छ । मन्दिरमा धौलागिरि अञ्चलका चार जिल्लाहरू म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजन आउने गरेको मन्दिरका पुजारी आचार्यको भनाइ छ । पवित्र कालीगण्डकी नदी किनारबाट उठेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...