बबियाबाट एक सय १५ किलो गाँजा बरामद

Published on

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५।७ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो । सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाजा फेला परेको हो । गाँजासँगै गाडीमा सवार धनकुटा साँघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षीय बुद्ध लिम्बस्लाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ । भारतीय सीमातर्फ लैजाने क्रममा बरामद गाँजासहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको नम्बर ४ गणले जनाएको छ ।

त्यसैगरी देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ६ किलो गाँजा र भोक्राहा नरसिंह गाउँपालिका ८ बाट साइकलसहित ६ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ । पछिल्लो समय चेकजाँच र निगरानी बढाइएसँगै गाँजा लगायत तस्करीका सरसामान बरामद हुने क्रम बढेको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको गाँजा र पक्राउ परेका व्यक्तिहरुको विषयमा छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका गाँजा तस्करहरुलाई सोमबार सुनसरी जिल्ला अदालतमा भ्याद थप गरी अनुसन्धान थालिएको भण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...