दुईको शव भेटियो, पहिचान हुन बाँकी

Published on

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–१८ मा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । एक युवक र एक जना वृद्ध मृत फेला परेको र उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज १८ मा मृत अवस्थामा फेला परेका दुवैको पहिचान खुल्न नसकेकाले पहिचानका लागि विभिन्न माध्यमबाट सर्वसाधारणलाई सार्वजनिक जानकारी गराइएको बताउनुभयो । उहाँले दुवै शवको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले सूचना जारी गरेर चिन्ने व्यक्तिले प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज –१८ स्थित धान खेतमा एक पुरुषको शव फेला परेको छ । प्रहरीले गहुँगोरो वर्णको, कालो कपाल, सेतो टिसर्ट, कालो जिन्स पाइन्ट लगाएको, उचाइ ५ फिट ५ इन्च रहेको २५–२६ वर्षको युवक मृत फेला परेको जनाउँदै उहाँको हुलिया सार्वजनिक गरेको छ ।

सोही प्रकारले प्रहरीले नेपालगन्ज –१८ मा मृत फेला परेका अर्का एकजना वृद्ध व्यक्तिको हुलिया विवरण सार्वजनिक गर्दै उहाँको गहुँगोरो वर्ण, कपाल फुलेको, आकासी रङको टिसर्ट, भान्टा रङको जिन्स पाइन्ट, हरियो चप्पल लगाएको, ५ फुट २ इन्चको लम्बाइ भएको अन्दाजी ७२ वर्षको पुरुष रहेको जनाइएको छ । प्रहरीले उहाँको पहिचान हुन नसक्दा कसैले चिन्नु हुन्छ भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । मृत फेला परेका दुवै व्यक्तिको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो सामाजिक सञ्जालको आधिकारिक पेजमा पहिचानका लागि दुवै जनाको तस्बिरसहित विवरण सार्वजनिक गरेर पहिचान गर्ने प्रयास गरिरहेको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...