कृषक पाठशालाका कारण कृषिमा आकर्षण

Published on

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका –१ का पूर्णबहादुर खड्काको मुख्य पेशा कृषि हो । जीवनका पाँच दशक कृषि कर्ममा बिताउनुभएका उहाँले पछिल्लो सयम उत्पादनमा आएको कमीका कारण चिन्तित हुनुहुन्थ्यो । जति मेहेनत गरे पनि उत्पादनमा कमी आएपछि कृषि कर्म छोड्न लाग्नुभएका उहाँलाई पछिल्लो समय सञ्चालन भएको जलबायुमैत्री कृषक पाठशालाले उहाँलाई पुनः कृषिमै राम्रोे आम्दानी गर्न सकिन्छ भन्ने परेको छ । खड्काले भन्नुभयो, “हामीले गर्ने परम्परागत कृषि जलबायु परिवर्तनका कारण उत्पादन राम्रो नहुने रहेछ । हामीले जलबायुमैत्री कृषि खेती गर्न सकेमा राम्रो आम्दानी दिने भएपछि आफुले अहिले जलबायुमैत्री कृषि खेती गरिरहेको बताउनुभयो । हामीले समय अनुकूल खेती मौसमी, बेमौसमी खेती गरेर पनि राम्रो आम्दानी गर्न सक्दा रहेछौं । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले दुल्लु नगरपालिकामा कृषकका लागि सञ्चालन भएको ६ महिने कृषक पाठशालामा सहभागी हुँदै आएपछि उहाँले आफूले गर्ने कृषि खेतीमा समेत परिवर्तन आएको बताउनुभयो ।

उहाँले जस्तै दुल्लु नगरपालिका –१ का खम्बीरा खड्काले पनि पछिल्लो समय जलबायुमैत्री कृषि खेती प्रणाली सुरु गरेपछि राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय छिटो पानी नपर्ने समस्याले उत्पादन घट्दै गएको र त्यसका लागि पानीका मुहान संरक्षण गरी पोखरी समेत निर्माण गरिएपछि अहिले पानी जम्मा गरेर समेत तरकारी उत्पादन गर्न सफल भएका छौँ । कृषक पाठशाला कृषकका लागि महत्वपूर्ण रहेछ जसले कृषि खेती कसरी गर्ने, रोगकिरा कसरी नियन्त्रण गर्ने, सिँचाइ कसरी गर्ने भन्ने सिकाइले अहिले दुल्लु नगरपालिका –१ का कृषकलाई राम्रो जानकारी भएपछि कृषकले राम्रो आम्दानी लिन सफल भएको खड्काको भनाइछ । कृषकलाई व्यावसायिक कृषक बनाउनका लागि दुल्लु नगरपालिका –१ देउतीचौरमा डिसीए नेपालको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजनाको सहयोग र दुल्लु नगरपालिकाको समन्वयमा जलवायुमैत्री कृषक पाठशाला सञ्चालन गरिएको कृषि प्राबिधिक हिमेन्द्र माझीले बताउनुभयो । उहाँले पाठशालाबाट कृषकले प्राङगारिक कृषिउपज उत्पादन गर्ने र रासायनिक विषादीको प्रयोग घटाउने विधि, माटोको संरक्षण, मलजल, गोडमेल, किरा नियन्त्रणमा जैविक विधिको प्रयोग, बीउ बाली छनोट, जैविक मलको प्रयोग र माटोको उर्बरा शक्ति वृृद्धि, रैथाने बाली संरक्षण लगायत विषयमा किसानबिच नियमित छलफल हुने गरेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...