चिया पर्यटन प्रवर्धनका लागि आकर्षक ‘स्काई डोम’

Published on

काठमाडौं । पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ । जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो । फिदिम नगरपालिका–१ कञ्चनजङ्घा टी स्टेटदेखि १० मिनेट पैदल दुरी यात्रापछि पुगिने एकान्त स्थलमा पाँच वटा डोम निर्माण गरिएको हो । जगमा सिमेन्ट राखिएका प्रत्येक डोममा दसई जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजङ्घा टी स्टेटका प्रबन्ध निर्देशक निरानन्द आचार्यले बताउनुभयो । स्काई डोम चिया बगानका माझमा निर्माण गरिएको छ । यसरी निर्माण गरिएका डोम हेर्नमा पनि आकर्षक छन् । बाह्य पर्यटक घुमफिरमा आउँदा एकान्त, शान्त र मनोरम दृश्यमा रमाउँछन् ।

आचार्यले भन्नुभयो, “विशेषतः चियाको अध्ययन र अनुसन्धानस“गै चियाकै स्वादमा रमाउने आन्तरिक पर्यटकलाई लक्षित गरेर डोम निर्माण गरेका हौँ ।” आकाश नियाल्दै सुत्न, बाहिरको हरियाली भित्रबाटै नियाल्न मात्रैै एकान्त स्थलमा भएकाले अध्ययन अनुसन्धान गर्नेका लागि पनि डोम निर्माण गरिएको क्षेत्र उपयुक्त भएकाले यो क्षेत्र विदेशबाट आएका पर्यटक र अध्येताको रोजाइमा पर्ने गरेको आचार्यको भनाइ छ । डोम क्षेत्रमा वायु र ध्वनि प्रदूषण नहुने भएकाले ध्यान, योग र साधना गर्नेका लागि पनि उपयुक्त हुने उहाँले बताउनुभयो । डोम गत चैतदेखि सञ्चालनमा ल्याइएको हो । कञ्चनजङ्घा टी स्टेटले झन्डै चार दशकदेखि जैविक चिया उत्पादन गर्दै आएको छ । यहाँ उत्पादन भएको चिया, जापान, जर्मन र अमेरिकासहित विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । कञ्चनजङ्घामा चियाको अध्ययन, अनुसन्धान र परीक्षणका लागि देश विदेशबाट पर्यटक र अध्येता आइपुग्छन् । यसरी आउने विदेशी पर्यटक र अध्येतालाई लक्षित गर्दै स्काई डोमको अवधारणा ल्याइएको हो । स्काई डोम विदेशी पर्यटकलाई नै लक्षित गरेर निर्माण गरिएको टी स्टेटले जनाएको छ । विदेशी पर्यटकले काठमाडौँबाट कम्तीमा तीन दिनको प्याकेज बनाएर यहाँ आउन सक्ने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...